Logo

बाढीपीडितका लागि संकलित राहत गृहमन्त्रीलाई हस्तान्तरण




काठमाडौँ
, ४ भदौ । नेपाल चेम्बर अफ कमर्सले वाढी पहिरो पीडितका लागि संकलन गरिएको राहत सामग्री गृहमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरेको छ ।

चेम्बरका अध्यक्ष डा राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको टोलीले आज गृह मन्त्रालयमा मन्त्री शर्मालाई भेट गरी संकलित राहत सामग्री हस्तारण गरेको हो ।

उक्त टोलीले चामल दुई ट्रक, औषधि दुई सय बक्स, त्रिपाल, टेन्ट एक ट्रक र म्याट्रेस तथा लत्ताकपडा एक ट्रक हस्तारण गरेको हो । कार्यक्रममा चेम्बरका अध्यक्ष श्रेष्ठले अहिलेसम्म चेम्बरले उठाएको राहत सामग्री हस्तान्तरण गरिएको र अझै राहत संकलन गर्दै जाने बताए ।

गृहमन्त्री शर्माले बाढी पहिरोले क्षति पुगेको बेलामा चेम्बरले सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सहयोग गर्न चेम्बरको टोलीलाई आग्रह गरे ।
रासस

प्रतिक्रिया दिनुहोस्