१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सदनमा निर्वाचन अायाेगकाे अालाेचना




काठमाडौँ
, ४ भदौ । निर्वाचन आयोगले मतदाता नामावली संकलनका क्रममा नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिसंग मिलेर कार्यालय समयपछि आफूखुशी काम गरेको भनिएको विषयले सदनमा प्रवेश पाएको छ ।

व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुखसंग समय लिएर सदन र सरकारको ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बूढानीलकण्ठ नगरपालिकाका एमालेका निर्वाचित एक सदस्यका घरमा आयोगका कर्मचारीको मिलेमतोमा नामावली संकलन गरेको पाइएको र आयोगका ल्यापटप लगायत उपकरण प्रहरीले बरामद गरेको जानकारी सदनलाई गराए ।

त्यसबारे आयोगले दोषीमाथि कारबाही गर्न नसक्नु लाचारीबाहेक केही होइन भन्दै उनले निर्वाचनको पवित्रता र निष्पक्षतालाई हाँक दिनेलाई कारबाहीको माग गरे । “एमालेले निर्वाचन आयोगले तोकेको समयभित्र कार्यालयमा भीड जम्मा गराउने अनि मध्यरात आफ्नो निवासमा कर्मचारीलाई लगेर मतदाता परिचयपत्र बनाउने काम गर्यो,” उनले भने, “निर्वाचन आयोगमाथि यस्ता कार्यले प्रश्न उब्जिएको छ । निर्वाचनलाई अपवित्र बनाउने आयोग र कर्मचारीमा प्रश्न उब्जिएको छ ।”

शनिबार राति बूढानीलकण्ठमा स्थानीयवासीले एमालेबाट निर्वाचित वडाध्यक्ष र निर्वाचन कार्यालयका कर्मचारीलाई मतदाता परिचयपत्र धमाधम भरिरहेका अवस्थामा नियन्त्रणमा लिएर आयोगमा बुझाएका थिए । उनीहरूलाई कारबाही गर्न सांसद थापाको माग थियो ।

बैठकमा एमालेका शेरबहादुर तामाङ र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्रधानमन्त्रीबाट यसै साता हुनलागेको भारत भ्रमणका बेला उताबाट एकतर्फी रुपमा बनेका बाँध र तटबन्धका कारण नेपाली भूमी डुबानमा परेकाले त्यसको दीर्घकालीन समाधानका निम्ति भारतीय पक्षसंग गम्भीर वार्ता गर्नुपर्नेमा जोड दिए ।
रासस

प्रकाशित मिति : ४ भाद्र २०७४, आइतबार ००:००