१ बैशाख २०८१, शनिबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिसस बैतडीमा कांग्रेस माओवादी केन्द्र गठबन्धन विजयी




बैतडी
, ३० साउन । जिल्ला समन्वय समिति बैतडीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन विजयी भएको छ ।

जिल्ला समन्वय समितिको संयोजकमा कांग्रेसका सिद्धराज भट्ट र दलित तथा अल्पसङ्ख्यक सदस्यमा कांग्रेसका टेक लुहार गत २३ गते नै निर्विरोध निर्वाचित भए पनि अन्य पदका लागि आइतबार चुनाव भएको हो ।

आइतबार भएको निर्वाचनमा उपसंयोजकमा नेकपा माओवादी केन्द्रबाट धनबहादुर बोहरा, तीनजना खुला सदस्यमा कांग्रेसका तर्फबाट रमेशबहादुर बोहरा, लालबहादुर चन्द र जगुवा भण्डारी विजयी भएका छन् भने महिला सदस्यका लागि नेपाली कांग्रेसका हरु जोशी, गीता जोशी तथा नेकपा माओवादी केन्द्रका कुमारी हेमा भट्ट कपाडी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर २० मतमध्ये १२ मत र एमालेसंग आठ मत थियो ।
रासस

प्रकाशित मिति : ३० श्रावण २०७४, सोमबार ००:००