२८ चैत्र २०८०, बुधबार | Wed Apr 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उदयपुरमा जिल्ला समन्वय समिति चयन




गाईघाट
(उदयपुर), ३० साउन । उदयपुर जिल्लामा नेकपा एमाले बाट निर्वाचित प्रतिनिधिको बहुमतका आधारमा आइतबार नौ सदस्यीय जिल्ला समन्वय समिति निर्विरोध चयन भएका छन् ।

समन्वय समितिका प्रमुखमा नेकपा एमालेका खड्ग परियार र उपप्रमुखमा गंगाकुमारी राई चयन भएको जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले बताए ।

समन्वय समितिका सदस्यहरूमा कुलबहादुर खपांगी, खड्गबहादुर राउत, बोधकुमार थापा, महिलामा ईश्वराकुमारी पौडेल, जानकी बराल, मीना कुमारी राई र अल्पसङ्ख्यक बाट चीनबहादुर दनुवार चयन भएका छन् ।

आइतबार जिल्ला समन्वय समिति उदयपुरको सभाहलमा नौ सदस्यीय जिल्ला समन्वय समिति चयन गर्नका लागि निर्वाचनको मिति निर्धारण गरेर प्रतिनिधिहरूको नाम मनोनयन दर्ता गर्ने क्रममा नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिहरूको मात्र एकल प्यानलको नाम परेको र अन्यको नाम नपरेपछि समन्वय समिति निर्विरोध घोषणा गरिएको पनि मुख्य निर्वाचन अधिकृत कार्कीले बताए । आइतबार साँझ नै समन्वय समितिका पदाधिकारीहरूलाई शपथग्रहणसहित प्रतिबद्धता जाहेर गर्न लगाइएको थियो ।
रासस

प्रकाशित मिति : ३० श्रावण २०७४, सोमबार ००:००