१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नुवाकाेट जिससमा कांग्रेस विजयी




त्रिशूली
(नुवाकोट), २९ साउन । जिल्ला समन्वय समिति नुवाकोटको आज भएको निर्वाचनमा नेपाली कांग्रेसको समूह नै विजयी भएको छ । जिसस प्रमुखमा सन्तमान तामाङ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमाले–माओवादी केन्द्र गठबन्धनका रामहरि घिमिरेले १० मत ल्याएका थिए ।

उपप्रमुखमा अप्सरा थापा १४ मत ल्याई निर्वाचित भएकी छन् । उनका प्रतिद्वन्द्वी विष्णुबहादुर बोगटीले १० मत ल्याएका थिए । समितिका सदस्यमा गणेश शाही, अभिनव फुयाँल, माया शेर्पिनी, सम्झना सेढाईँ, धनमाया तामाङ, रामसिंह तामाङ र सुविना प्रधान विजयी भएका छन् ।विजयीलाई मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले आजै प्रमाणपत्र प्रदान गरिएको छ ।
रासस

प्रकाशित मिति : २९ श्रावण २०७४, आइतबार ००:००