१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वर्षातमा हिलाम्मे र घामलाग्दा धुलाम्मे काठमाडौँका सडकः सांसद




काठमाडौँ
, २६ साउन । व्यवस्थापिका–संसद्को बिहिबारको बैठकको शून्य समयमा सांसदहरुले राजधानी जोड्ने चितवन मुग्लिन सडक कहिले पुनः निर्माण हुन्छ रु भनी प्रश्न गरेका छन् ।

वर्षा हुँदा हिलाम्मे हुने र घामलाग्दा धुलाम्मे हुने राजधानीका सडकको दूरावस्थामा सरकारले ध्यान नदिएको, राजधानीका सार्वजानिक यातायातमा यात्रुले कष्टप्रद रुपमा यात्रा गर्नु परेको तथा भूकम्पपीडित जनताको गुनासा सम्बोधन गर्न माग गरे ।

नेकपा एमालेका अग्नि खरेलले संविधान कार्यान्वयनका लागि १३८ वटा नयाँ कानून बन्नुपर्नेमा सरकार आलटाल गरी बसेको आरोप लगाए । उनले निर्वाचन क्षेत्र निर्धारण गर्दा भूगोल र जनसङ्ख्यालाई ध्यान दिन पनि सुझाव दिए ।

नेकपा मालेका अइन्द्रसुन्दर नेम्वाङले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले आफ्ना सुविधा बढाउनभन्दा अधुरा योजना पूरा गर्न ध्यान दिनुपर्ने बताए ।

नेपाल मजदूर किसान पार्टीका दिल्लीप्रसाद काफ्ले जनताको हात हातमा मोबाइल छ तर नेपाल दूर सञ्चार प्राधिकरणको टावरले काम गर्न नसकेको, कुरा गर्न नपाइएको बताए ।
रासस

प्रकाशित मिति : २६ श्रावण २०७४, बिहिबार ००:००