१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटी जिससमा एमाले निर्विरोध




डोटी
, २५ साउन । जिल्ला समन्वय समिति डोटीमा नेकपा एमालेको समूह निर्विरोध निर्वाचित भएको छ । बुधबार सम्पन्न मनोनयन दर्ता कार्यक्रमअन्तर्गत एमाले समूहबाट मात्रै उम्मेदवारी परेपछि सबै पद निर्विरोध भएको हो ।

निर्वाचन कार्यालयका अनुसार अध्यक्षमा रामबहादुर ऐर, उपाध्यक्षमा शशी सोव तथा खुल्ला सदस्यमा डम्बर ओली, घनश्याम जोशी र गोविन्दबहादुर खड्का निर्वाचित भएका छन् ।

महिला सदस्यमा लक्ष्मी मल्ल, मीना बोहरा र तुल्सा बुढा निर्विरोध निर्वाचित भएका छन् । अल्पसंख्यकमा संग्राम नेपाली निर्वाचित भए । निर्विरोध निर्वाचित भएपनि आधिकारिकरुपमा घोषणा भने २९ गते नै हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नौवटा स्थानीय तह रहेको डोटीमा एमालेले चारवटा गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष, एक नगरपालिकामा प्रमुख/उपप्रमुख र एउटा गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । फलस्वरुप जिल्ला समन्वय समितिमा १८ मतमध्ये ११ मत एमालेको पक्षमा रह्यो ।

नेपाली कांग्रेसको पक्षमा छ वटा र नेकपा माओवादी केन्द्रसंग एक गाउँपालिकाको अध्यक्षको मत थियो । एमालेको स्पष्ट जित देखिएका कारण कांग्रेस र माओवादी केन्द्रले मनोनयन नै दर्ता नै गरेनन् ।
रासस

प्रकाशित मिति : २५ श्रावण २०७४, बुधबार ००:००