१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिमा एमालेको समूह विजयी




बनेपा
, २५ साउन । काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिमा नेकपा एमालेको समूह विजयी भएको छ ।

एमालेका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका उद्धव केसीको समूहका सबैले १४ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सो निर्वाचनमा कांग्रेस– माओवादीको गठबन्धन दुई मतले पराजित भएको थियो ।

समन्वय समितिको उपप्रमुखमा मञ्जु गौतम, महिला सदस्यमा शुभवती शिवभक्ति, राजकुमारी श्रेष्ठ, गीता सुनुवार, दलित तथा अल्पसंख्यकका तर्फबाट विकास मगराती, अन्य सदस्यमा सन्तनु केसी, प्रेमकुमार लामा दोङ, कृष्णबहादुर तामाङ निर्वाचित भएका छन् ।

काभ्रेपलाञ्चोकमा रहेको छ नगरपालिका र सात गाउँपालिकाका २६ जना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष मतदानमा सहभागी थिए । उनीहरुको शपथग्रहण कार्यक्रम २९ गते हुने बताइएको छ ।
रासस

प्रकाशित मिति : २५ श्रावण २०७४, बुधबार ००:००