५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिसस कञ्चनपुरमा एमालेको प्यानल विजयी




कञ्चनपुर
, २३ साउन । जिल्ला समन्वय समिति कञ्चनपुरमा नेकपा एमालेको प्यानल निर्विरोध निर्वाचित भएको छ ।

समन्वय समितिको प्रमुख र उपप्रमुखसहित थप सातजना सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अन्य दलको उम्मेदवारी नपरेपछि एमालेका उम्मेदवारलाई आइतबार निर्वाचित भएको घोषणा गरिएको हो ।

समन्वय समितिको प्रमुखमा फैरु तामाङ र उपप्रमुखमा सानुकुमारी बुढाथापा निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका नायब सुब्बा अम्बादत्त भट्टले बताए ।

उनका अनुसार समन्वय समितिको सदस्यमा ठिट्ठा राना, बलराम पन्त, लक्ष्मण राना, सुन्नरी कडारा, इकरानी राना, गुड्डी नेपाली र सीता भण्डारी निर्वाचित भएका छन् ।
रासस

प्रकाशित मिति : २३ श्रावण २०७४, सोमबार ००:००