१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिसस डडेल्धुरामा कांग्रेसको प्यानल निर्विरोध




डडेल्धुरा
, २२ साउन । डडेल्धुरा जिल्लाको जिल्ला समन्वय समिति नेपाली कांग्रेसको प्यानल निर्विरोध चयन भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गरेका गणेश भट्टको प्यानल पूरै निर्विरोध भएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ । उपप्रमुखमा परशुराम नगरपालिकाबाट रत्ना कामी उपसंयोजकमा मनोनीत भएका छन् । अन्य दलहरुले उम्मेदवारी नदिएपछि नेपाली कांग्रेसको पूरै प्यानल विजयी भएको हो ।

पहिलो जिल्ला सभामा भएको सहमति अनुसार प्रमुखमा भट्ट र उप्रमुखमा कामी गरी महिला सदस्य तीन, दलित वा अल्पसङ्ख्यक सदस्य एक, खुला सदस्य तीनजना गरी नौ सदस्यीय समिति सर्वसम्मत भएको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले जानकारी दिएका छन् ।

सर्वसम्मत मनोनीत भएका संयोजक लगायत सवैलाई २६ गते प्रमाणपत्र प्रदान गरिने निर्वाचन कार्यालयले जनाएको छ । २२ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रमअनुसार आज अन्य दलले मनोनयन दर्ता नगर्दा नेकाको पूरै प्यानल सर्वसम्मत भएको घोषणा गरिएको हो ।
रासस

प्रकाशित मिति : २२ श्रावण २०७४, आइतबार ००:००