७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुरमा रेणुले मतान्तर घटाउँदै, ज्ञवालीको अग्रता २२१ मा सिमित



चितवन, २१ साउन । भरतपुर महानगरपालिका– १९ को मतगणना सकिएको छ । मतगणना सकिँदा नेकपा माओवादी केन्द्रबाट प्रमुख पदका उम्मेदवार रेणु दाहालले नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीसँगको मतान्तर घटाएकी छन् ।

उक्त वडाको मत गन्नुअघि ज्ञवाली रेणु दाहालभन्दा ७८४ मतले अगाडि थिए । वडा नं– १९ को मतगणना सकिँदै गर्दा दाहाल र ज्ञवालीको मतान्तर २२१ मा झरेको छ । त्यस वडामा २ हजार ८७० मत खसेको थियो । कूल खसेको मध्ये दाहालले १ हजार ५२९ मत र ज्ञवालीले ९ सय ६६ मत प्राप्त गरेका छन् ।

पछिल्लो मत परिणामअनुसार ज्ञवालीले ४१ हजार ९४६ मत प्राप्त गरी अग्रता कायम राखेको छ भने कांग्रेसको समर्थन पाएकी दाहालले ४१ हजार ७२५ मतका साथ पछयाइरहेकी छन् । सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेकाअनुसार राप्रपाको प्रमुख पदका उम्मेदवार बद्री तिमिल्सिनाले ६ हजार ६२८ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा माओवादीबाट समर्थन प्राप्त कांगे्रसकी पार्वती शाहले ४५ हजार ६२३, नेकपा एमालेकी दिब्य शर्मा आचार्यले ३८ हजार ६०४ र राप्रपाकी रिना गुरुङले ७ हजार ६ मत प्राप्त गरेकी छन् ।

वडामा कांग्रेसको प्यानल बिजयी

भरतपुर महानगरपालिका वडा नं. १९ मा वडा अध्यक्षसहित सबै पदमा नेपाली कांग्रेसले बिजयी भएको छ । वडाध्यक्षमा कर्णबहादुर गुरुङले १ हजार ४७८ मत प्राप्त गरि विजयी भएका छन् । उन निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाश तामाङले १ हजार ९७ मत प्राप्त गरेका छन् ।

त्यस्तै वडा अध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रका खड्कबहादुर गुरुङ्ले ६६ मत र राप्रपाका प्रजापति सापकोटाले २७ मत प्राप्त गरेका छन् ।

जेठ १४ गते राति मतगणनाका क्रममा मतपत्र च्यातिएपछि सो वडामा शुक्रवार पुनः मतदान भएको थियो । अब वडा नं– २० को मतगणना हुन मात्र बाँकी छ । सो वडामा ३ हजार ३०२ मत खसेको छ । महानगरको कूल मतदाता संख्या १ लाख ५० हजार २७४ छन् । रासस

प्रकाशित मिति : २१ श्रावण २०७४, शनिबार ००:००