१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फोहोरमैला प्रशोधन गरी प्राङगारिक मल




इलाम
, २० साउन । जिल्लाका विभिन्न स्थानबाट निस्किने फोहोरलाई व्यवस्थित गर्न इलाम नगरपालिकाले फोहोरबाट कम्पोष्ट मल बनाउने मेसिनको सफल परीक्षण गरी फोहोरमैला प्रशोधनको तयारी थालेको छ ।

विनरक इन्टरनेसनलका दावा तेञ्जी योल्मूले प्राङ्गारिक मल प्रशोधन गर्न मेसिन जडान गरिएको बताए । उक्त मेसिनमा दैनिक सात सयदेखि आठसय किलोसम्म फोहोर पेल्न सकिन्छ । सड्ने र नसड्ने दुवै किसिमको फोहोरबाट प्राङ्गारिक मल बनाइन्छ । मल बनाउन ८० प्रतिशत घर तथा अन्य स्थानबाट निकालिएको फोहोरको आवश्यकता पर्छ भने बाँकी सुख्खा चीज आवश्यक पर्छ ।

प्रशोधित बस्तुलाई ताप र मोइश्चर मिलाएर १० देखि १५ दिनसम्म राखेपछि मल तयार हुन्छ । उक्त मेसिनमा क्यूरिम सिस्टम, अर्गानिष्ट ओएस्ट कम्पोस्टर, कम्पोस्ट श्रीडर लगायतका भाग हुन्छन् । फोहोरमैला व्यवस्थापन अधिकृत ललिता दाहालका अनुसार क्यूरिम सिस्टमबाट फोहोर राख्ने, बोएस्ट कम्पोस्टरबाट फाहोरलाई टुक्र्याउने, डबल श्रीडरले सानो बनाएर मलमा परिणत गर्छ ।

नगरपालिकाबाट संकलित फोहोरलाई मङ्गलबार र शुक्रबार मेसिनले प्रशोधन गरेर मल तयार पारिन्छ । इलाम नगरपालिका कार्यालयको रू ३९ लाख ३५ हजारको लागतमा कम्पोष्ट प्लान्टका लागि भवन, कामदार बस्ने घर, शौचालय, जग्गाको घेराबार गर्नेलगायत काम भइरहेको नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले बताए ।

नगर क्षेत्रमा फोहोरमैला अव्यवस्थित भएको र नगरमा प्रदूषण बढ्ने सम्भावना भएकाले फोहोरमैला व्यवस्थापनको नयाँ योजना ल्याएको उनको भनाइ छ । मेसिनबाट निकालिएको तयारी कम्पोष्ट मल सबै किसिमका खेतीका लागि प्रयोग गर्न सकिने बताइएको छ ।
रासस

प्रकाशित मिति : २० श्रावण २०७४, शुक्रबार ००:००