१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘विपन्न समुदायका बालवालिकालाई समेट्न नसके बालमैत्री स्थानीय तह घोषणाको औचित्य छैन’



स्थानीय खबर संवाददाता
विदुर, नुवाकोट १६ साउन ।

सरकारले पछिल्लो समयमा बालमैत्री स्थानीय तह घोषणा गर्ने तयारी गरिरहेको छ । हुनेखाने परिवारका बालवालिकाले मात्रै बालमैत्री स्थानीय शासनको महशुस गरेको र विपन्न समुदायका बालवालिका विमुख हुँदै जान थालेको प्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।

नुवाकोटमा आयोजित कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले सबै समुदायका बालवालिकाले महशुस गर्ने गरि बालमैत्री स्थानीय तह घोषणा गर्नुपर्ने बताए । सबै समुदायका बालवालिकाले महशुस नगर्ने बालमैत्री स्थानीय शासनको औचित्य नभएको उनले टिप्पणी गरे ।

मिरेष्ट नेपाल नामक गैरसरकारी संस्थाले बालमैत्री स्थानीय शासनसम्बन्धि बृत्तचित्र प्रदर्शन गरेपछि पण्डितले ग्रामिण क्षेत्रका गरिब र पिछडिएका वालवालिकाले पनि महशुस गर्ने गरि बालमैत्री स्थानीय तहको घोषणा गर्नुपर्ने बताए ।

“विदुर नगरपालिकाको १३ नं. वडामा पर्ने साविकको कल्याणपुर गाविसमा १९ वटा बालक्लब गठन भइसकेका रहेछन्,” उनले भने, “त्यहाँका कुमाल र दलित समुदयाका बालवालिकाको उपस्थिति न्यून छ । सबै समुदायको बालवालिकाले महशुस गरेन भने त्यसको औचित्य हुँदैन ।”

विदुर नगरपालिकाले बालवालिकाको योजनामा बजेट विनियोजन गर्न र सम्बन्धित क्षेत्रमा खर्च गराउन प्रतिवद्ध रहेको उनले बताए । सबै समुदायका बालवालिकाले महशुस गर्ने गरि कार्यक्रमहरू सञ्चालन भए आफूहरू बजेट बढाउन पनि तयार रहेको बताए ।

“बालमैत्री स्थानीय शासनप्रति हाम्रो नकरात्मक धारणा होइन, सबै बालवालिकाले महशुस गर्नु पर्यो भन्ने मात्रै हो,” उनले भने, “सबै बालवालिकाले महशुस गर्ने गरि काम हुन्छ भने बालमैत्रीले भन्ने गरेको १० वा १५ प्रतिशत भन्दा बढी बजेट विनियोजन गर्छौं ।” बालमैत्री स्थानीय शासन कार्यक्रमलगायतका अन्य बिषयसँग जोडिएका सरोकारवालाहरूले पारदर्शी ढंगले काम गर्नुपर्नेमा पनि उनले जोड दिए ।

यसैगरि विदुर नगरपालिकाका कार्यकारी अधिकृत दुर्गाप्रसाद चालिसेले साविकका ११ वटा वडामा वालमैत्री स्थानीय शासन कार्यक्रम सञ्चालन भइरहेको र सोहीअनुरुप घोषणाका लागी आवश्यक तयारी भइरहेको बताए ।

“नगरपालिकाले मात्रै प्रयास गरेर सम्भव हुँदैन । निकृष्ट प्रकृतिका बालश्रम, बालवालिकामाथी हुने हिंसा रोक्न विभिन्न निकायहरू सक्रिय हुनुपर्छ,” चालिसेले भने ।

प्रकाशित मिति : १६ श्रावण २०७४, सोमबार ००:००