७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेले १९ जिल्लाका जिसस प्रमुख र उपप्रमुखमा उम्मेदवारकाे नाम टुंगाे लगायाे




भक्तपुर
। नेकपा एमालेको स्थायी कमिटी बैठकले १९ जिल्लामा जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखको उम्मेदवारीका लागि सिफारिस भई आएका नामको टुंगो लगाएको छ ।

अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बसेको बैठकले ती जिल्लाबाट सिफारिस भई आएका जिससका प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम टुंगो लगाएको पार्टी सचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

सोअनुसार भक्तपुरमा प्रमुखमा नवराज गेलाल र उपप्रमुखमा सरिता कुँवर, रामेछापका प्रमुखमा प्रेमबहादुर खड्का र उपप्रमुखमा दीपा पाख्रिन, रसुवाका प्रमुखमा कुलप्रसाद भट्ट र उपप्रमुखमा छोपेमा तामाङ्नी, मकवानपुरका प्रमुखमा रघुनाथ खलाल र उपप्रमुखमा भगवती पुडासैनी तथा डोल्पाका प्रमुखमा शेरबहादुर बुढाको नाम सिफारिस भएको छ ।

त्यसैगरी सल्यानका उपप्रमुखमा कुलबहादुर गिरी, कालीकोटका प्रमुखमा प्रेमबहादुर शाही र उपप्रमुखमा सरिता आचार्य, जाजरकोटका प्रमुखमा गोरे कार्की र उपप्रमुखमा कमलादेवी शाही, हुम्लाका उपप्रमुखमा खगेन्द्र कार्की, सुर्खेतका प्रमुखमा टोपबहादुर राजकोटी र उपप्रमुखमा दीपा मल्ल, मुगुका प्रमुखमा पूर्णबहादुर रोकाय र उपप्रमुखमा कणशिला मल्ल, खोटाङका प्रमुखमा बबी चाम्लिङ र उपप्रमुखमा गोमा खत्री, इलामका प्रमुखमा गणेश बराल र उपप्रमुखमा चित्रकला बराइली तथा बझाङका प्रमुखमा खड्गबहादुर खड्का र उपप्रमुखमा भागिरथी अवस्थी जोशीको नाम उम्मेदवारीका लागि टुंगो लगाइएको छ ।

काभ्रे जिल्लाका लागि सिफारिस भएकामध्ये जिल्ला नेतृत्वसंग आवश्यक छलफल गरी उम्मेदवारको टुंगो लगाइने जिम्मा प्रदेश नं ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई दिइएको छ । कतिपय जिल्लामा भने विभिन्न दलसंग तालमेल गर्नुपर्ने अवस्थामा उम्मेदवार हेरफेर गर्नुपरेमा प्रदेश संगठन कमिटीको नेतृत्वसंग रायपरामर्श गरी पार्टी केन्द्रसंग पूर्वस्वीकृति लिई सम्बन्धित जिल्ला कमिटीले गर्न सक्ने निर्णय एमालेले गरेको छ ।

बैठकले कतिपय जिल्लामा मनोनयन प्रक्रिया चलिरहेका अवस्थामा उम्मेदवार सर्वसम्मत बनाउन सम्बन्धित प्रदेश कमिटीका इञ्चार्जलाई जिम्मा लगाउने निर्णय गरेको छ ।

बैठकमा पार्टी अध्यक्ष ओलीले चीनको तिब्बत भ्रमणका क्रममा त्यहाँको सरकारका उच्च अधिकारीसंग भएको भेट र छलफलका बारेमा जानकारी गराएका थिए । भ्रमणका क्रममा नेता ओलीले एमाले सरकारका पालामा भएका सम्झौता कार्यान्वयन, सम्बन्ध र चीनको नाका खोल्ने विषयमा पनि छलफल गरेको जानकारी दिए ।

बैठकले निर्वाचन क्षेत्र निर्धारण आयोगको काम, संसदीय निर्वाचन र राष्ट्रिय राजनीतिका विषयमा पनि छलफल गरेको थियो । कमिटीको बैठक सोमबार बिहान ११ बजे पार्टी कार्यालय धूम्रबाराहीमा पुनः बस्ने जनाइएको छ ।
रासस

प्रकाशित मिति : १५ श्रावण २०७४, आइतबार ००:००