१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाह्र हजार नयाँ मतदाता थपिए




उर्लाबारी, मोरङ ।
क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका अनुसार शनिबारसम्म ६ हजार २८९ महिला, ६ हजार ६ सय पुरुष र एक तेस्रो लिङ्गी सहित १२ हजार ८ सय ९० जना नयाँ मतदाताले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनलगत्तै निर्वाचन आयोगले सम्बन्धित निर्वाचन कार्यालय केन्द्रित गरेर तस्बिरसहितको मतदाता नामावली संकलन गर्ने निर्णय गरेको थियो ।

यही साउन १ गतेदेखि विराटनगर महानगरपालिका सहित जहदा, कानेपोखरी, मिक्लाजुङ र धनपालथान गाउँपालिका तथा पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकामा मतदाता नामावली संकलन थालिएको छ ।

बाँकी स्थानीय तहमा भने सोमबारदेखि साउन मसान्तसम्म मतदाता नामावली संकलन गरिने क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १५ श्रावण २०७४, आइतबार ००:००