२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अघिल्लो दिन कालोपत्र र भोलिपल्ट खन्ने कामको अन्त्य गरिने




काठमाडौँ
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय मापदण्डस्तरको गुणस्तर कायम गरिने दृढता व्यक्त गरेका छन् ।

शुक्रबार आयोजित साक्षात्कारमा उनले भने, “गुणस्तरीय पूर्वाधार निर्माणमा मन्त्रालयले अब विशेष ध्यान दिनेछ ।” अन्तरमन्त्रालयबीच समन्वय गर्ने संयन्त्र नहुँदा सडकसम्बन्धी समस्याको प्रश्न उठेको बताउँदै मन्त्री बलायरले भने, “सडकको समस्या एउटै मात्रै नभई अन्तर मन्त्रालयसंग सम्बन्धित छ, अघिल्लो दिन कालोपत्र गर्ने अनि भोलिपल्ट खन्ने काम अब अन्त्य गरिनेछ ।”

सडकका सामान्य खाल्टाखुल्टी पुर्न समेत प्रधानमन्त्री बोल्नुपर्ने अवस्था आउनु ठीक नभएको बताउदै उनले काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने कामले द्रुतता नपाउँदा उपत्यकावासीले केही समस्या झेल्नुपरेको उल्लेख गरे ।

कतिपय पूर्वाधार निर्माणमा गुणस्तरको प्रश्न उब्जिएका कारण स्वयं व्यवसायी, राजनीतिक दल, कर्मचारी तन्त्र र सरकारको काम कारबाहीमाथि प्रश्न उठेको पक्षलाई हेक्का गर्दै गुणस्तरका बारेमा अब कुनै पनि हालतमा सम्झौता नहुने प्रतिबद्धता उनले व्यक्त गरे ।
रासस

प्रकाशित मिति : १३ श्रावण २०७४, शुक्रबार ००:००