८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक निर्माणमा चरम लापर्बाही पाइएपछि जनप्रतिनिधिद्वारा निगरानी




रत्ननगर
, चितवन । रत्ननगर नगरपालिकाको बजार क्षेत्रमा चारलेनको नमूना सडक निर्माणमा जनप्रतिनिधिले निगरानी शुरु गरेका छन् । सो सडक निर्माणमा चरम लापर्बाही भएको पाइएपछि यहाँका जनप्रतिनिधिले निगरानी थालेका हुन् ।

यसअघि असारको अन्तिम साता उक्त सडक निर्माणमा चरम लापर्बाही भएको तथ्यसहितको समाचार अएको थियो । त्यसपछि अहिले जनप्रतिनिधिले उक्त सडकमा निगरानी थालेर कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई आग्रह गरेका छन् ।

अघिल्लो हप्ता ठेकेदारले रातिको समयमा कालोपत्रे गर्न लागेको पाइएकाले त्यस्तो कार्यलाई रोकेर निगरानी शुरु गरिएको रत्ननगर नगरपालिका– २ का अध्यक्ष तीलकराज शर्माले जानकारी दिए । “अब सडकमा लापर्बाही हुन दिन्नाैँ, शर्माले भने,” रातदिन हाम्रो निगरानी हुनेछ ।’ नगर प्रमुखसहितका जनप्रतिनिधि तथा सडक डिभिजन कार्यालयका प्रमुखसहितको टोलीले उक्त सडकको बिहीबार स्थलगत निरीक्षण गरेको थियो ।

निरीक्षणका क्रममा हालै पिच भएको सडकमा ठूला ठूला खाल्डा, र ढिस्का देखिएको र मुख्य सडक बाहिरसमेत पानी जमेर विभिन्न समस्या देखिएकाले ग्राभेल गर्न र लापर्बाही भएको क्षेत्रमा पुनःमर्मत गरेर दुरुस्त पार्न भनिएको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले बताए ।

सडक डिभिजन कार्यालयका प्रमुख धर्मेन्द्रकुमार झा अनुगमन पछि जनप्रतिनिधिको निर्देशन आएको बताउँदै सो सडक निर्माणलाई गुणस्तरयुक्त गरेर छिटो सक्न र ढिस्को उठेको ठाउँमा काटेर नयाँ पिच गर्न ठेकेदारलाई भनिसकिएको जानकारी दिए, पूर्वपश्चिम राजमार्गमापर्ने चितवनको रत्ननगर बजार क्षेत्रमा ग्रिनरी सहितको नमूना सडक निर्माण थालिएको दुई वर्षभयो । म्याद एकवर्ष थपिँदा पनि अहिलेसम्म ६५ प्रतिशत मात्रै काम भएको छ ।

रत्ननगर बजार क्षेत्रको भानुचोकदेखि लौरीघोलसम्म २.३ किलोमिटर क्षेत्रको सडक स्तरोन्नती गरी चार लेनको बनाउन थालिएको छ । अहिले सडकको तल्लो भागमा दुई लेनको सडक कालोपत्रे पुरा नहुँदै ठूला ठूला खाल्डापर्ने र ढिस्को उठेर दुर्घटनाको जोखिम बढेको छ । रु १९ करोड ७० लाखमा २०७२ असारमा ठेक्का लिएको श्रेष्ठ कन्स्ट्रक्सन हेटौँडाका परियोजना व्यवस्थापक अनिश रेग्मीले सम्झौताअनुसार नै काम गरेको दाबी गर्दै शुरुको काम नै नराम्रो भएकाले अहिले समस्या आएकाले दाबी गरे ।

रत्ननगर नगरपालिका– १ का वडा अध्यक्ष शङ्कर लामा र १० का वडाध्यक्ष केशव आचार्य पिच नै बग्ने गरी बनाएको यो सडक निर्माण कम्पनीलाई कालो सूचीमा राख्नुपर्नेमा जोड दिए । सो सडक निर्माणमा लापर्बाही नै भएको दाबी गर्दै रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी यसले रत्ननगरवासीलाई ठूलो पीडापरेको बताए ।
रासस

प्रकाशित मिति : १३ श्रावण २०७४, शुक्रबार ००:००