१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मर्मतसम्भार नहुँदा डुडुवा पुल जोखिममा




खजुरा, बाँके ।
बाँके जिल्लाको डुडुवा गाउँपालिका–४ कम्दीस्थित डुडुवा नालामा बनेको पुलको आवश्यक मर्मत नहुँदा जोखिमपूर्ण बन्दै गएको छ । करिब ढेड दशकअघि निर्माण भएको सो पुलको मर्मतसम्भार नहुँदा अहिले भत्किन थालेको छ । पुलको वरिपरि पिलर ढलेका छन् भने ढुंगाले लगाएको बारसमेत भत्किएको छ ।

पुलको बीच भागमा खाल्डाखुल्डी भएर पानी जमेको स्थानीयवासी भागिरथी चन्दले बताए । राप्तीपारि क्षेत्रलाई जोड्ने मुख्य सडकअन्तर्गत पर्ने सो पुलको मर्मत सम्भार नहुँदा जोखिम बढेको छ । पुल निर्माणपछि सरोकारवाला निकायले चासो नदिएकाले पुल जोखिमपूर्ण बनेको सम्बद्ध पक्षको भनाइ छ ।

सो पुलको बिहीबार सरसफाइ गरिएको छ । नवनिर्वाचित जनप्रतिनिधि तथा स्थानीयवासीको संयुक्त पहलमा पुलको सरसफाइ गरिएको हो । पुलमा जमेको माटो, फोहरमैला तथा पानी निकासको प्वाल सफा गरिएको छ । सरसफाइ कार्यक्रममा डुडुवा गाउँपालिकाका उपप्रमुख साहिदा बानो, शिव रेडियो श्रोता क्लब, पदमपुर महिला सहकारी संस्था तथा स्थानीयवासीको सहभागिता थियो ।
रासस

प्रकाशित मिति : १३ श्रावण २०७४, शुक्रबार ००:००