२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सात स्थानमा झोलुंगे पुल निर्माण, स्थानीयवासीलाई सहज




रत्ननगर
, चितवन । चितवनमा विभिन्न सात स्थानमा झोलुंगे पुल निर्माण सम्पन्न गरिएको छ । अधिकांश पुल चितवनको पहाडी क्षेत्रमा निर्माण भएको जिल्ला प्राविधिक कार्यालय, चितवनका प्रमुख दीपककुमार दासले जानकारी दिए ।

उनका अनुसार गएको एक वर्षमा लक्ष्यअनुसारका सबै पुल निर्माण सम्पन्न भएको छ । योसंगै चितवन जिल्लामा अहिलेसम्म ५६ वटा पुल निर्माण गरिएको कार्यालयले जनाएको छ ।

आर्थिक बर्ष २०७३/७४मा जिल्लाको साविक कविलास गाविसमा दुई, कोराकमा दुई, लोथरमा दुई तथा चण्डिभञ्याङको खानीखोलामा एक गरी सातवटा पुल निर्माण भएको कार्यालयका इन्जिनियर राजेश कोइरालाले जानकारी दिए ।

उनले उपभोक्ता समितिमार्फत नै सबै पुल निर्माण गरिएको जानकारी दिए । सबै पुल निर्माणमा झण्डै रु तीन करोड ५० लाख खर्च भएको छ । ती पुल ६३ देखि ११७ मिटरसम्मका छन् ।

यसअघि आर्थिक बर्ष २०७२/७३ मा लोथरको थेटार, काउलेको धराङखोला र लामाटार, चण्डिभञ्याङको तुन्टेस, दाहाखानीको घट्टेखोला र शक्तिखोरको शक्तिखोलामा पुल निर्माण गरिएको थियो । घण्टौँ समय लगाएर हिँड्नुपर्ने गाउँमा झोलुंगे पुलले सहज पारिदिएको छ ।
रासस

प्रकाशित मिति : १२ श्रावण २०७४, बिहिबार ००:००