१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सदरमुकाम चैनपुर जोड्ने एकमात्र बाउली खोलाकाे काठेपुल बगाउँदा सास्ती




बझाङ
। सदरमुकाम चैनपुर जोड्ने एकमात्र बाउली खोलामा रहेको काठेपुल गत असार २९ गते बाउली खोलामा आएको बाढीले बगाएपछि विद्यार्थी सहितका स्थानीयवासीलाई सास्ती भएको छ । सो पुल बगाएपछि सुबेडा, सिमखेत, नौरा, देबलका बासिन्दालाई आवतजावतमा समस्या भएको जयपृथ्वी नगरपालिका–११ का खगेन्द्र खड्काले बताए ।

“ खोलामा काठेपुल हुँदा स–साना बालबालिका आफैँ विद्यालय जान सक्थे तर अहिले घरको काम सबै छोडेर छोरालार्ई विद्यालय पुर्याउन र लिन जानुपर्छ ।” सुबेडाका मनु ऐडीले भने, “काठे पुल हुँदा घरबाट ३० मिनेटमा सदरमुकाम चैनपुरमा रहेको सेती साइपाल एकेडेमी बोर्डिङ स्कुलमा पुगिन्थ्यो अहिले डेढ घण्टा लाग्छ कहिलेकाहीँ स्कुल लागिसकेको हुन्छ समयमै पुर्याउन सकिन्न ।”

बाउली खोलामा आएको बाढीले सदरमुकाम जोड्ने झोलुंगे पुल बगाएकाले अस्थायी रुपमा राखिएको काठेपुल पनि पानीको सतह बढेर बगाउँदा समस्या भएको स्थानीयवासीको भनाइ छ । यहाँको स्थानीय निकायले भने पुल निर्माणप्रति कुनै चासो नदेखाएको गुनासो गर्दै अर्का स्थानीयबासी वीरेन्द्र धामीले लामो बाटो भएकाले बोकेरै भए पनि विद्यालय पुर्याउनै पर्ने बताए ।

“पुल बगाएपछि अहिले सुबेडा, नौरा, देबल, सिमखेतका विद्यार्थी कहिल्यै पनि समयमा विद्यालय नआइपुग्ने भएकाले उनीहरु कक्षा कोठामा आइसकेपछि पढाइ सुरु गर्छौं”, सुदूरपश्चिमाञ्चल विद्या सदनकी प्रिन्सिपल सरस्वती ढुंगेल खत्री भन्छिन्, “स–साना बालबालिका कक्षा सञ्चालन भएको केही समयपछि कक्षा कोठामा नै सुतिदिन्छन् । सायद टाढाको बाटो हिँड्दा हिँड्दै थाकेर होला । ” रासस

 

प्रकाशित मिति : ५ श्रावण २०७४, बिहिबार ००:००