१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्यामशिलादेखि भोजपुर बसपार्कसम्म अवरुद्घ यातायात सुचारु




भोजपुर
। भोजपुर–लेगुवा सडकखण्डअन्तर्गत श्यामशिलादेखि भोजपुर बसपार्कसम्म तत्काल नियमित यातायात सुचारु भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले स्काभेटर सन्चालन गरेर भएपनि सवारीसाधन तत्कालका लागी नियमित सुचारु गर्ने निर्णय गरेसंगै आज (विहिबार)देखि यातायात सुचारु भएको हो ।

बस र ट्याक्सी सञ्चालन गरिएपनि मालबाहक सवारीसाधन सञ्चालनमा भने रोक लगाइएको छ । खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुको आपूर्तिका लागि भने श्यामशिलादेखि आम्तेक हुँदै भोजपुर बसपार्कसम्म वैकल्पिक बाटो प्रयोग गर्ने निर्णय भएको छ ।

मुख्य सडक वर्षा लागेसंगै हिलाम्मे हुँदा जिल्ला बाहिर जाने र भित्रिने यात्रु मारमा परेका छन् । सदरमुकामदेखि भोजपुरको तिवारीभञ्जाङसम्म करिब ३० किलोमिटर बाटो हिलाम्मे भएपछि विगतमा केही समय सवारीसाधन चल्न सकेको थिएन । रासस

 

प्रकाशित मिति : ५ श्रावण २०७४, बिहिबार ००:००