१४ चैत्र २०८०, बुधबार | Wed Mar 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङको उत्तरी क्षेत्र राखावाङ्देलमा सडक पुग्यो




खोटाङ
। भौगोलिकरुपमा विकट मानिएको खोटाङको उत्तरी क्षेत्र राखावाङदेलमा सडक पुगेको छ । संसदीय क्षेत्र विकास कोष, तत्कालीन गाविस तथा विदेशमा रहेका स्थानीयवासीको आर्थिक सहयोगमा ऐंसेलुखर्क गाउँपालिका–१ राखावाङ्देलमा हालै सडक पुगेको हो ।

सांसद पाँचकर्ण राईको संसदीय क्षेत्र विकास कोषको रु १५ लाख, सांसद सरस्वती बजिमयको संसदीय विकास कोषको रु १० लाख, गाविसको १९ लाख १८ हजार, देश विदेशमा रहेका राखावाङ्देलवासीको संयोजनमा संकलित रु १७ लाख गरी ६१ लाखको लगानीमा ऐंसेलुखर्क गाउँपालिका–७ माक्पाको बेब्ला हुँदै राखावाङ्देल जोड्ने सडक निर्माण सुरु गरिएको निर्माण उपभोक्ता समितिको अध्यक्ष डेबिट राईले बताए ।

सडक निर्माण भएपछि जिल्लाका व्यापारिक केन्द्रबाट उपभोग्य सामग्री लिएर सिधै राखावाङ्देल भित्रिने र बाहिरिने बाटो खुलेको छ । उपभोक्ता समितिका अनुसार सडकको कुल १२ किलोमिटर २ सय मिटर लम्बाइमध्ये हालसम्म आठ किलोमिटर खण्ड निर्माण भइसकेको छ । गाउँमा सडकको पहुँच विस्तार गर्दै राखावाङ्देलको बानेपोखरीसम्म सडक पुर्याएर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको छ ।

जिल्ला प्राविधिक कार्यालय खोटाङका प्रमुख इन्जिनियर राजु श्रेष्ठका अनुसार अब जिल्लाका चार पाँचवटा बाहेकका वडालाई सडकले छोएको छ ।

माक्पाको बेब्ला–लिदिङखोला हुँदै राखावाङ्देलको वडा कार्यालय जोड्ने ग्रामीण सडक २०७३ साल माघदेखि निर्माण सुरु गरिएको थियो । गाउँमा सडक विस्तारका लागि रकम जुटाउन रावा हेल्पिङ नेपालको समेत सहयोग रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष राईले बताए । गाउँमा सडक पुर्याउन उत्साहित जगदीप गुरुङले सबैभन्दा बढी रकम रु एक लाख ११ हजार १११ सहयोग गरेको निर्माण उपभोक्ता समितिले जनाएको छ । रासस

प्रकाशित मिति : ५ श्रावण २०७४, बिहिबार ००:००