१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चापाकोट नगरपालिकाको बजेट झण्डै चालीस करोड




वालिङ
। स्याङ्जाको चापाकोट नगरपालिकाको प्रथम नगरसभाले आर्थिक वर्ष २०७४/७५ का लागि रु ३९ करोड ९६ लाख ३१ हजार रकम विनियोजन गरेको छ । नगर प्रमुख शिवकुमार गिरीले प्रस्तुत गरेको बजेटमा चापाकोट नगरमा शुद्ध खानेपानी र सवारीसाधन चल्ने बाटोलाई उच्च प्राथमिकता दिइएको छ ।

चापाकोट नगरपालिकामा लोपोन्मुख अवस्थामा रहेको माझी समुदायको कला र संस्कृतिलाई समेटेर माझी होमस्टे, (घरवास) कालीगण्डकीको धार्मिक पर्यटकीय महत्वलाई परिचित गराउन धार्मिक एवं पर्यटकीय महोत्सवका रुपमा विकास गर्ने, कुमाल संग्रहालय निर्माण, दुनाटपरी उद्योग सञ्चालन, अगरबत्ती उद्योग सञ्चालन, दलितका लागि सशक्तिकरण कार्यक्रम तथा परम्परागत दलित समुदायका लागि नौमती बाजा संरक्षण अभियान थालनी गरिने भएको छ ।

चापाकोट उर्वरभूमि भएकाले लिची, आँप, कटर जस्ता फलफूलको व्यासायिक खेती गर्ने र पकेट क्षेत्रको रुपमा विकास योजना छ ।

स्याङ्जाका चार सहकारी गाभिए

स्याङ्जाको पुतलीबजार नगरपालिकाका चार वटा सहकारी एक आपसमा गाभिएका छन् । जनजागृति बहुउद्देश्यीय सहकारी संस्था, कृषक उदय बंगुरपालन कृषि सहकारी संस्था, जुग्ले उपभोक्ता सहकारी संस्था र ‘सूर्योदय साकोस’ एक आपसमा गाभिएका हुन् ।

चारवटा सहकारी एक आपसमा गाभिएपछि सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड नामकरण गरिएको छ । सहकारी एकीकरण पश्चात् कूल चार हजार ४६१ संस्थापक सदस्य रहेका उक्त संस्थाको कूल दायित्व रु २९ करोड ९८ लाख पुगेको संस्थाका संस्थापक अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिए ।

डिभिजन सहकारी कार्यालयका प्रमुख परशुराम भट्टराईले सहकारी एकीकरणले सकारात्मक सन्देश दिनुकासाथै जनताको हितमा काम गर्न सहज हुने विश्वास व्यक्त गरे । रासस

प्रकाशित मिति : १ श्रावण २०७४, आइतबार ००:००