१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माछापुच्छ्रे गाउँपालिकाद्वारा पर्यटन प्रवर्धनमा जोड




पोखरा
। कास्कीस्थित माछापुच्छ्रे गाउँपालिकाले त्यस क्षेत्रको समग्र विकासका लागि भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाको आव २०७४/७५ को वार्षिक नीति तथा कार्यक्रम प्रथम गाउँ सभामा प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख कर्ण गुरुङले यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनुका साथै भौतिक एवं सामाजिक विकासका लागि योजना अघि बढाइएको जानकारी दिए ।

गाउँपालिकाको आव २०७४/७५ का लागि रु ३९ करोड ४७ लाख २३ हजार विनियोजन गरिएको बताउँदै उनले सबैको सहकार्यमा विकास निर्माणका योजना अघि बढाइने उल्लेख गरे । सो गाउँपालिकाको नीति तथा कार्यक्रममा विशेष गरी बन्जीजम्प, क्यानोनिङ, र्याफ्टिङ, प्याराग्लाइडिङ, हनी हन्टिङ र रक क्लाइमिङ्कजस्ता साहसिक खेलको सम्भाव्यता अध्ययन गरी पर्यटन प्रवद्र्धन गर्ने योजना रहेकोछ ।

विश्वप्रसिद्ध माछापुच्छ्रे हिमालको काखमा रहेर पाँच सय ४४.५० वर्ग किमी क्षेत्रफलमा फैलिएको नौवटा वडा रहेको सो गाउँपालिकामा २०६८ सालको जनगणनाअनुसार २१ हजार ८६८ जनसंख्या रहेको छ । रासस

प्रकाशित मिति : १ श्रावण २०७४, आइतबार ००:००