१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाँगुनारायण र मध्यपुर थिमी नगरपालिकाको जोड पर्यटनमा



३१ भदौ, भक्तपुर । जिल्लाका चाँगुनारायण र थिमी नगरपालिकाले पर्यटनलाई मुख्य लक्ष्य गरि आर्थिक बर्ष ०७४/०७५ को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । सुशासनयुक्त, सक्षम, समृद्ध स्थानीय सरकारः पर्यटन, संस्कृति, सम्पदा चाँगुनारायणको आधार’ भन्ने नाराका चाँगुनारायणको बार्षिक बजेट सार्वजनिक भएको छ ।

परिषद्मा नगर प्रमुख सोम मिश्रले ५७ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । परिषद्ले एक वर्षभित्र चाँगुनारायण नगरपालिकाको आफ्नै भवन निर्माण गर्ने, पर्यटकीय क्षेत्रमा इलाइब्रेरी र फ्रि वाइफाइको व्यवस्था गर्ने, नगर क्षेत्रका सडक सञ्जालमा सबै नगरवासीको पहुँच पु¥याउनेलगायत कार्यक्रम अघि सारेको छ ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिकाले रु ७३ करोड ९८ लाख ८९ हजारको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख मदनसुन्दर श्रेष्ठले रु १७ करोड ६५ लाखको चालु खर्च र रु ५६ करोड ३३ लाखको पूँजीगत खर्च गर्ने गरी बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

परिषद्ले सांस्कृतिक तथा सम्पदायुक्त घना बस्तीको संरक्षण गर्ने, मनोहरा र हनुमन्ते खोलाको अतिक्रमण रोक्ने प्रतिवद्धता जनाएको छ । यसैगरि हरियाली क्षेत्रसहितको चक्रपथ निर्माण गर्ने, कलासंस्कृतिलाई संरक्षण गर्ने र नगर क्षेत्रभित्र जीवित संग्रहालय निर्माण गरेर पर्यटक आकर्षित गर्ने कार्यक्रम अघि सारेको छ । रासस 

प्रकाशित मिति : ३१ असार २०७४, शनिबार ००:००