७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगञ्ज उपमहानगरको आठबुँदे प्रतिबद्धता




नेपालगञ्ज
। नेपालगञ्ज उपमहानगरपालिकाले नगरको समग्र विकास तथा सुशासनयुक्त शासन व्यवस्थाका लागि विभिन्न आठबुँदे प्रतिबद्धता विहिबार सार्वजनिक गरेको छ ।

नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख डा धवलशम्शेर राणाद्वारा सार्वजनिक गरिएको प्रतिबद्धतामा सडकमा मासु पोलेर दुर्गन्धित गर्ने कार्यलाई तत्काल रोक्ने, फोहोर व्यवस्थापनका लागि नगरमा दुई हजार डस्टबिन तत्काल वितरण गर्ने र नेपालगञ्जको फुलटेक्रादेखि पुरैनीसम्मको सडक निर्माण कार्य तत्काल सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी, महेन्द्र बहुमुखी क्याम्पसमा निर्माणाधीन डिग्री ब्लक र छात्रावास निर्माण कार्य पूरा गर्ने, नेपालगञ्जमा रहेका अव्यवस्थित पशु बधशाला व्यवस्थित गर्ने, उपमहानगरलाई सरसफाइयुक्त बनाउन आधुनिक घुम्ती शौचालयको व्यवस्थाका लागि सार्वजनिक शौचालयको व्यवस्था गर्ने र सुझाव पेटिका व्यवस्थित गरी हरेक हप्ता सुझाव पेटिकामा प्राप्त सुझावका आधारमा गुनासो सुनुवाइ गर्ने विषय पनि प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

यसैबीच, नगर प्रमुख राणाले नगरको पुरानो बजार त्रिभुवन चोक क्षेत्रको सडक विस्तार योजना तीन महिनाभित्र सञ्चालन गर्ने बताएका छन् । सो योजना सञ्चालनका लागि नागरिकले आफ्नो घर संरचना त्यस अवधिमा नभत्काए डोजर लगाएर भत्काउने चेतावनीसमेत दिएका छन् । रासस

प्रकाशित मिति : ३० असार २०७४, शुक्रबार ००:००