८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाेश्राे चरण निर्वाचन भएका स्थानीय तहमा साउन २५ भित्र गाउँ र नगरसभा गर्ने तयारी



काठमाडौं । दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको नगर–गाउँसभा आगामी साउनको अन्तिम साता गर्न निर्देशन दिने तयारी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको छ ।

दोस्रो चरणमा भएका ३३४ भएका स्थानीय तहको नगर–गाउँ सभा साउन २५ गतेसम्म गर्ने गरी निर्देशन दिने तयारी गरिएको मन्त्रालयका उपसचिव विजयराज सुवेदीले जानकारी गराए । मन्त्रालयले पहिलो चरणको निर्वाचन भएका २८६ स्थानीय तहको यही असार २५ गतेदेखि ३० सम्म गर्न निर्देशन दिएको छ ।

‘‘दोस्रो चरणमा निर्वाचन भएका स्थानीय तहले अझै पूर्णता पाउन सकेका छैनन्’’ उपसचिव सुवेदीले भने, ‘‘केही दिनभित्र कार्यपालिकाले पूर्णता पाउने छ । अनि हामी नगर–गाउँसभाको तयारीमा जुट्न निर्देशन दिन्छौँ ।’’

ती स्थानीय तहका नगर प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई नगर–गाउँसभा अगाडि अभिमुखीकरण तालीम दिने तयारीमा मन्त्रालय रहेको उनले जानकारी गराए । मन्त्रालयले सञ्चालन गर्ने उक्त अभिमुखीकरण तालीममा यस पटकदेखि कार्यकारी अधिकृतलाई समेत सहभागि गराइने छ । रासस

प्रकाशित मिति : २७ असार २०७४, मंगलबार ००:००