१० चैत्र २०८०, शनिबार | Sat Mar 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोस्रो चरणका सबै स्थानीय तहको अन्तिम नतिजा घोषणा




काठमाडौँ
। दोस्रो चरण असार १४ गते भएको प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका सबै ३३४ स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको छ ।

सोअनुसार नेकपा एमाले १५१, नेपाली कांग्रेस १२२, नेकपा माओवादी केन्द्र ३८, सङ्घीय समाजवादी फोरम नेपाल ८, नेपाल लोकतान्त्रिक फोरम ६, राप्रपा ४ र राष्ट्रिय जनमोर्चाका २ उम्मेदवार प्रमुख–अध्यक्षमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा स्वतन्त्र तीन उम्मेदवार पनि प्रमुख–अध्यक्षमा विजयी भएका छन् । दोस्रो चरणको निर्वाचनको हालसम्म घोषित स्थानीय तहको परिणाममध्ये प्रमुख–अध्यक्षमा एमालेले ४५.२ प्रतिशत, कांग्रेसले ३६.५ र माओवादी केन्द्रले ११.४ प्रतिशत पद जितेका छन् ।

उपप्रमुख एवं उपाध्यक्षमा एमाले १७५, कांग्रेस १०४, माओवादी केन्द्र ३८, समाजवादी फोरम ७, लोकतान्त्रिक फोरम ६ तथा जनमोर्चा र राप्रपाका दुई दुई उम्मेदवार विजयी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

दोस्रो चरणका ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन भएको छ । सो निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो । रासस

प्रकाशित मिति : २७ असार २०७४, मंगलबार ००:००