१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोलखाको भीमेश्वर नगरपालिकाको नगरसभा सम्पन्न



दोलखा, २५ असार । दोलखाको भीमेश्वर नगरपालिकाले आफ्नो पहिलो नगरसभा सम्पन्न गरेको छ । सभाले नीति तथा कार्यक्रम, बजेट तर्जुमा र करको दरसमेत निर्धारण गरेको भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले बताइन् ।

“स्थानीय तहमा असार र मंसिरमा गरी दुईपटक सभा हुनेछ । असारमा ‘बजेट सेसन’ का रुपमा र मंसिरमा ‘विधेयक सेसन’ को सभा आयोजना हुन्छ,” बस्नेतले बताईन् । विधेयक सभामा स्थानीय तहले विधेयक ल्याएर स्थानीय कानुन बनाउन पाउने प्रावधान रहेको उपप्रमुख बस्नेतले जानकारी दिईन् ।

नगरसभा उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रीय अनुशासन विभाग प्रमुख अमृत बोहोराले समृद्ध नेपाल निर्माणका लागि जनप्रतिनिधिले जनमैत्री कार्यक्रम अगाडी ल्याउनुपर्ने आवश्यकता औल्याए । एमालेका पोलिटब्युरो सदस्य पशुपति चौलागाईंले सामाजिक प्रतिष्ठा उच्च राख्ने गरी आप्mना गतिविधि अगाडि बढाउन जनप्रतिनिधिलाई आग्रह गरे । भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । रासस

प्रकाशित मिति : २५ असार २०७४, आइतबार ००:००