१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडाैंका अधिकांश नगरपालिकाले नगरसभा गर्न सकेनन्




शरद शर्मा, काठमाडौँ ।
तयारी नपुगेको भन्दै काठमाडौंका अधिकांश नगरपालिकाले निर्धारित समयभित्र नगरसभा गर्न सकेन । असार २५ गते नगरसभा डाकेर बजेट प्रस्तुत गर्नुपर्ने भएपनि काठमाडौंका अधिकांश नगरपालिकाले केही दिन पछि सारेका छन् ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आजदेखि नगरसभामार्फत पहिलो बजेट सार्वजनिक गर्ने परिपत्र जारी गरे पनि काठमाडौँका महानगरपालिकाले पर्याप्त समय नभएको भन्दै नगरसभा शुक्रबार मात्रै गर्ने जनाएको छ । मन्त्रालयले शुक्रबारसम्म नगरसभामार्फत बजेट पेश गर्न भनेको छ ।

काठमाडौं महानगरसहित गोकर्णेश्वर, शङ्खरापुर, नागार्जुन, बूढानीलकण्ठ, टोखालगायत नगरपालिकाले तयारी नपुगेका कारण शुक्रबार मात्र नगरसभा गर्ने निर्णय गरेका छन् । काठमाडौं महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले वडास्तरबाट योजना अझै नआइपुगेकाले आगामी शुक्रबार सभा राखिएको दाबी गरे । “जनप्रतिनिधि पनि ढिला निर्वाचित हुनुभयो जसले गर्दा वडास्तरका योजना अझै सकिएका छैन,” उनले भने, “अब केही दिनमा वडास्तरबाट आएका योजनालाई कार्यपालिका बैठकबाट अनुमोदन गराएर नगरसभामा पेश गर्दैछौं ।”

स्थानीय तहमा वर्षभरि हुने चालु खर्च, पूँजीगत खर्च, स्थानिय राजस्व र स्थानीय सरकार सञ्चालनका लागि स्रोतसहितको बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको थियो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले वडा कार्यालयबाट योजना छनोट भइरहेकाले नगरसभा ढिलो भएको बताए ।

भरखरै निर्वाचित जनप्रतिनिधिले काम गर्न नभ्याएकाले शुक्रबार मात्र नगरसभा आयोजना गरिने अधिकारीले बताए । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पनि तयारी नपुगेका कारण शुक्रबार गर्ने जानकारी दिए । रासस

प्रकाशित मिति : २५ असार २०७४, आइतबार ००:००