८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनसरीको सबै स्थानीय तहमा जनप्रतिनिधीको पदबहाली



इटहरी । सुनसरीका १२ मध्ये ११ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीले अाइतबार पद तथा गोपनीयताको शपथ गरेर पद बहाली गरेका छन् ।सुनसरीको ६ गाउँपालिका, ४ नगरपालिका र २ उपमहानगरपालिकामध्ये इटहरी उपमहानगरपालिकाको शनिबार नै पद बहाली भएको थियो ।

सुनसरीको कूल स्थानीय तहमध्ये एक गाउँपालिकामा सङ्घीय समाजवादी फोरम, एक गाउँपालिका र एक नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरम, चार गाउँपालिका र दुई नगरपालिकामा नेपाली कांग्रेसले जितेको छ । हालसम्म घोषित मत परिणामअनुसार एक नगरपालिका र एक उपमहानगरमा एमालेले प्रमुख र उपप्रमुख पदमा जीत हासिल गरेको छ ।

पूर्वकै केन्द्रबिन्दुमा रहेको इटहरी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखसहित आठ वटा वडामा नेकपा ९एमाले० र ११ वटा वडामा नेका तथा एकवडामा नेपाल लोकतान्त्रिक फोरमले जितेको यस उपमहानगरका पदाधिकारीको शपथसँगै पद बहाली गराइएको छ ।  रासस

प्रकाशित मिति : २५ असार २०७४, आइतबार ००:००