८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङका १७ स्थानीय तहमध्ये ९ मा कांग्रेस, ५ मा एमाले र ३ मा अन्य




विराटनगर
। एक महानगरपालिकासहित मोरङका सत्र स्थानीय तहमध्ये १० मा नेपाली कांग्रेस र पाँचमा नेकपा एमाले ले जित हात पारेका छन् । मोरङमा एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका छन् । प्रदेश नं १ को एक मात्र महानगरपालिकामा प्रमुख र उपप्रमुखमा कांग्रेसका भीम पराजुली र इन्दिरा कार्की विजयी भएका छन् ।

आठ नगरपालिकामध्ये पाँच नगरपालिकाका प्रमुखमा कांग्रेस विजयी भएको छ । सुनवर्षी नगरपालिका प्रमुख र उपप्रमुखमा तथा रतुवामाई, उर्लाबारी, लेटाङ र सुन्दरहरैंचा नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले जित हात पारेका छन् ।

सोबाहेक पथरी– शनिश्चरे र बेलवारी नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले तथा रङ्गेली नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएका छन् ।

जिल्लाका आठ गाउँपालिकामध्ये कटहरी र केराबारीका अध्यक्षमा कांग्रेस, मिक्लाजुङ, कानेपोखरी र ग्रामथानमा एमाले, बूढीगङ्गामा नेपाल लोकतान्त्रिक फोरम र जहदा गाउँपालिकामा सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् । रासस

प्रकाशित मिति : २५ असार २०७४, आइतबार ००:००