१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्न माग



नवलपरासी । दुई प्रदेशमा विभाजन भएको नवलपरासी जिल्लामा थप एउटा जिल्ला समन्वय समिति स्थापना गर्नुपर्ने यहाँका राजनीतिक दलहरुले माग गरेका छन् । नवलपरासीको नवलपुर क्षेत्रका जनप्रतिधि तथा राजनीतिक दलहरुले नवलपुरलाई छिट्टै जिल्ला घोषणा गरेर नवलपुर जिल्ला समन्वय समिति बनाउनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन ।

नवलपुर क्षेत्रका आठ वटै स्थानीय तह चार नगरपालिका चार गाउँपालिकाका जननिर्वाचित प्रतिनिधि र प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका जिल्ला संयोजकहरूको संयुक्त बैठकले नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्न सरकारसँग माग गरेको हो । संविधानमा उल्लेखित विधान संशोधनमार्फत छिट्टै नवलपुरलाई जिल्ला घोषणा गर्न र जिल्ला समन्वय समिति बनाउनका लागि गरिएको निर्णय कावासोती नगरपालिकाकी प्रमुख चन्द्राकुमारी पुनले बताए ।

नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु लामिछानेले पनि नवलपुर र परासीलाई छुट्टाछुट्टै जिल्ला घोषणा गरेर दुई जिल्ला समन्वय समिति बनाउनुपर्ने बताए । एमालेका नवलपुर संयोजक रोशन गाहाले पनि नवलपरासीको सबै स्थानीय तहमा निर्वाचन सम्पन्न भइसकेकाले सरकारले अब छिट्टै नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्नुपर्ने बताए ।

यसैगरी माओवादी केन्द्रका नवलपुर संयोजक धनश्याम सापकोटाले संविधानमा आवश्यक विधि र प्रक्रिया पु¥याएर नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्न सरकारसँग माग गरे । सत्तारुढ दलका स्थानीय प्रतिनिधीहरू पनि छुट्टै जिल्ला गठन गर्न सरकारलाई दबाब दिने प्रतिबद्धता जनाएका छन् । हाल राज्यपुनःसंरचना अन्तर्गत नवलपरासीको दान्नेदेखि पारी (परासी क्षेत्र) ४ नं. र दाउन्नेदेखि वारी परासी क्षेत्रलाई प्रदेश नं. ५ मा राखिएको छ । रासस

प्रकाशित मिति : २४ असार २०७४, शनिबार ००:००