३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधान कार्यान्वयनको ठोस आधार तयारः नेम्वाङ




इलाम
। नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले स्थानीय तहको निर्वाचनले संविधानको ठोस कार्यान्वयनका लागि आधार तयार गरेको बताएका छन् ।

इलाम नगरपालिकामा बिहिबार आयोजित नवनिर्वाचित प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको सपथ ग्रहण समारोहमा उनले तोकिएकै समयमा प्रदेश नं २ को पनि निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए । पूर्वसभामुखसमेत रहेका नेता नेम्वाङले संविधानले तोकेको समय सीमा भित्रै निर्वाचन सम्पन्न गराएर संविधानको कार्यान्वयन गर्नुपर्ने बताए ।

मुख्य निर्वाचन अधिकृत नवराज दाहालले इलाम नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्षलाई बिहिबार पद तथा गोपनीयताको सपथ गराए । सपथ ग्रहणपश्चात प्रमुख, उपप्रमुख तथा वडाध्यक्षले पदभारसमेत ग्रहण गरेका छन् ।

वडा सदस्यलाई नगर प्रमुख महेश बस्नेतले सपथ गराए । नवनिर्वाचित पदाधिकारीलाई इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले स्वागत गरेका थिए । रासस

प्रकाशित मिति : २३ असार २०७४, शुक्रबार ००:००