१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेलौरी नगरपालिकामा माओवादी केन्द्र विजयी



भीमदत्तनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी नगरपालिकामा माओवादी केन्द्रले विजय हासिल गरेको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पल्लभराज भट्टलाई ३५७ मत अन्तरले पराजित गर्दै प्रमुखमा माओवादी केन्द्रका पोतिलाल चौधरी विजयी भए । चौधरीले ६ हजार ७६४ र प्रतिद्वन्द्वी भट्टले ६ हजार ४०७ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा भने एमालेका चित्रा चौधरी विजयी भइन् । उपप्रमुखमा चौधरीले ६ हजार ७४८ मत पाइन् भने उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रका राधा कँडेलले ६ हजार १६१ मत प्राप्त गरिन् ।

त्यसैगरी, नेपाली कांग्रेसका प्रमुख पदका उम्मेवार हरेन्द्र विष्टले पाँच हजार ४१२ र नेपाली कांग्रेसकै उपप्रमुखका उम्मेदवार खिना भण्डारीले पाँच हजार ६२७ मत प्राप्त गरेको बेलौरी नगरपालिका निर्वाचनको कार्यालयले जनाएको छ । नेपाली कांग्रेसको पकड क्षेत्र मानिएको बेलौरी नगरपालिकाको प्रमुख–उपप्रमुखमा भने नेपाली कांग्र्रेस तेस्रो स्थानमा झरेको छ । रासस

प्रकाशित मिति : २२ असार २०७४, बिहिबार ००:००