९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भद्रपुर नगरपालिकामा नेकपा एमाले विजयी



भद्रपुर । स्थानीय तहको दोस्रो चरणको सम्पन्न निर्वाचनमा भद्रपुर नगरपालिकामा नेकपा एमाले का प्रमुख पदका उम्मेदवार जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रा श्रेष्ठ निर्वाचित भएकान छन् ।

प्रमुख श्रेष्ठले ११ हजार ४२ र उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गणेश पोखरेलले सात हजार २१५ तथा विजयी उपप्रमुख श्रेष्ठले १० हजार ६५० र उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी तारा भुर्तेलले छ हजार ४९८ मत प्राप्त गरे ।

यसैगरी, भद्रपुर नगरपालिका वडा नं ९ र १० बाट नेकपा एमाले का अध्यक्ष क्रमशः टेकबहादुर खड्का ९काजी० र सनिलाल राजवंशीसहित समूह नै विजयी भएको छ । खड्काले एक हजार ५७८ र उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमरबहादुर कार्कीले ८८२ तथा राजवंशीले एक हजार २०९ र उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र रिजालले ९३४ मत प्राप्त गरे । रासस

प्रकाशित मिति : २२ असार २०७४, बिहिबार ००:००