८ श्रावण २०८१, मंगलबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लम्की र घोडाघोडीमा एमाले विजयी



धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । नगरप्रमुखमा महादेव बजगाई छ हजार ८१९ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भक्तबहादुर थापाले छ हजार २५५ मत प्राप्त गरेको निर्वाचन अधिकृत गोकुल बाँस्तोलाले जानकारी दिए ।

उपप्रमुखमा एमालेकी टीका थापा सात हजार ९०५ मत प्राप्त गरी विजयी भइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमकी धनादेवी चौधरीले पाँच हजार ४९ मत प्राप्त गरिन् । सो नगरपालिकामा ३९ हजार २३५ मतदाता रहेकामा २८ हजार ३५४ मत खसेको थियो ।

यस्तै कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख र उपप्रमुखमा पनि एमाले विजयी भएको छ । प्रमुखमा ममताप्रसाद चौधरी आठ हजार १६४ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लक्ष्मण चौधरीले सात हजार २३७ मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिए ।

उपप्रमुखमा एमालेकै प्रेमकुमारी थापाले सात हजार २३४ मत प्राप्त गरी विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी दुर्गा चलाउने खड्काले सात हजार ६४ मत प्राप्त गरिन् ।

सो नगरपालिकाको वडा नं १, ४, ५, ७, ९ र १० को वडाध्यक्षमा एमाले, वडा नं २ र ८ मा कांग्रेस, वडा नं ३, ६ र १२ मा माओवादी केन्द्र तथा वडा नं ११ मा नेपाल लोकतान्त्रिक फोरम विजयी भएका छन् । कैलालीको १३ स्थानीय तहमध्ये १२ वटाको नतिजा आइसकेको छ भने धनगढी उपमहानगरपालिकाको मतगणना जारी छ ।

वडाध्यक्षमा भाइले दाजुलाई पराजित गरे

धनगढी उपमहानगरपालिका ३ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार बलबहादुर ऐर एक हजार १३८ मत प्राप्त गरी विजयी हुँदा प्रतिद्वन्द्वी उनका दाजु राजबहादुर ऐर पराजित भएका छन् ।

कांग्रेस उम्मेदवार राजबहादुरले एक हजार ८४ मत प्राप्त गरे । विजयी बलबहादुरले दाजु पराजित हुँदा दुःख लागेको प्रतिक्रिया दिए । राजबहादुरले भने बागी उम्मेदवारका कारण आफू पराजित हुनुपरेको बताए । रासस

प्रकाशित मिति : २१ असार २०७४, बुधबार ००:००