१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतगणना कार्य अवरुद्ध भएको ३४ घन्टा बितिसक्दा पनि सञ्चालनमा आउन सकेन



इटहरी । धरान उपमहानगरपालिको मतगणना कार्य अवरुद्ध भएको ३४ घन्टा बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । मतगणनाको योगफलमा मत गणकले गम्भीर त्रुटि गरेको तथ्य फेला परेपछि गत असार १९ गते ९ बजेबाट अवरुद्ध भएको मतगणना कार्य अहिलेसम्म सुरु हुन सकेको छैन ।

धरान ९ को मतगणना चलिरहँदा मत गणक मनबहादुर कार्की र धनकुमार राईले माओवादी केन्द्रका पक्षमा आएको ५० मत नेकपा एमालेको पक्षमा लागेर योगफल तयार पारेको आरोप लागेपछि मतगणना कार्य अवरुद्ध बन्न पुगेको थियो । मतगणना सुचारु गर्ने विषयलाई लिएर मङ्गलबार दिनभरि धरानमा पटक पटक बैठक बसे पनि राजनीतिक दलबीच सहमति कायम हुन सकेन ।

मतगणना सुचारु गर्ने बिषयमा आज ९बुधबार० पनि बैठक बोलाइएको छ । सहमति भयो भने दिउँसोबाट मतगणना कार्य अगाडि बढ्न सक्ने सम्भावना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

इटहरी उपमहानगरपालिको पछिल्लो मतगणनाको नतिजाअनुसार प्रमुख पदमा एमालेका द्वारिकलाल चौधरीले १३ हजार ९९८ र उपप्रमुखमा सोहि पार्टीका लक्ष्मी गौतमले १२ हजार ९८६ मत प्राप्त गरी अग्रता लिएका छन् । प्रमुखमा कांग्रेसका रोहित प्रसाईंले १२ हजार ६१७ र उपप्रमुखमा बिकला ढकालले ११ हजार ६५९ मत ल्याएर पन्छाइरहेकी छन् । रासस

प्रकाशित मिति : २१ असार २०७४, बुधबार ००:००