११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनबर्षी नगरपालिका र कोसी गाउँपालिकामा कांग्रेस विजयी



विराटनगर । मोरङको सुनबर्षी नगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । प्रमुखको पदमा नेपाली कांग्रेसका कालीप्रसाद दासले पाँच हजार ४७३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत टङ्कप्रसाद पन्थीले जानकारी गराए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्यामप्रसाद राजवंशीले तीन हजार ८८४ मत प्राप्त गरे ।

त्यसैगरी, उपप्रमुखमा नेपाली कांग्रेसकी मञ्जुकुमारी राईले ६ हजार १९३ मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले की मीरादेवी दासले चारहजार १७१ मत प्राप्त गरिन् ।

इनरुवा । सुनसरीको कोसी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा अयुव अन्सारीले चार हजार ७४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका अजय कुसियैतले दुई हजार ७२३ मत प्राप्त गरे ।

त्यस्तै, उपाध्यक्षमा कांग्रेसकै अनितादेवी यादवले दुई हजार ७३२ मत प्राप्त गरी विजयी भइन् । कुल आठवटा वडा रहेको यो गाउँपालिकाको वडाध्यक्षमा क्रमशः वडा नं। १ मा स्वतन्त्र, २ र ३ मा कांग्रेस, ४ र ५ मा लोकतान्त्रिक फोरम नेपाल, ६ मा नेकपा एमाले तथा ७ र ८ मा सङ्घीय समाजवादी फोरम नेपाल विजयी भएका छन् । रासस

प्रकाशित मिति : २१ असार २०७४, बुधबार ००:००