उर्लाबारी (मोरङ) । मोरङको बेलबारी नगरपालिकाको प्रमुख, उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको छ ।
एमालेका ज्ञानेन्द्र सुवेदीले १० हजार ७८४ मत ल्याएर प्रमुख पदमा विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजकुमार लिम्बूले १० हजार ५८३ मत ल्याएका छन् ।
उपप्रमुखमा एमालेका ढाकाकुमारी पराजुली ११ हजार ३२२ मत ल्याउँदै विजयी भइन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रुक्मिणी धिमालले १० हजार ९२२ मत ल्याइन् । रासस
प्रतिक्रिया