१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्ती, हरिनगरा गाउँपालिका र देवदहमा नगरपमलिकामा कांग्रेस विजयी



दाङ । स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसका अध्यक्षका उम्मेदवार नुमानन्द सुवेदीले चार हजार ७९७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार श्यामेस चौधरीले तीन हजार ९४२ मत प्राप्त गरे ।

उपाध्यक्षमा कांग्रेसकै जगदम्बाकुमारी चौधरीले चार हजार ५८२ मत प्राप्त गरी विजय भइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी हिमाली न्यौपानेले चार हजार ४४ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

इनरुवा । सुनसरीको हरिनगरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवार भएका गफार अन्सारीले पाँच हजार ६६२ मत ल्याएर विजयी भएका हुन् भने उनले सङ्घीय समाजवादी फोरमका हेमनारायण मेहतालाई दुई हजार २७ मतले पराजित गर्दै विजयी भए । फोरमका मेहताले तीन हजार ६३५ मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि कांग्रेसकै रिमझिम भगत विजयी भएकी छन् । उनी पाँच हजार ९६ मत प्राप्त गरी विजयी भएकी हुन् । उनी एमालेकी सुनितादेवी मेहतालाई दुई हजार १३१ मतान्तरले पराजित गर्दै विजयी भइन् । मेहताले दुई हजार ९७५ मत प्राप्त गरिन् ।

हरिनगरामा जम्मा सातवटा वडा रहेकामा १, २, ४, ७ नम्बर वडामा नेपाली कांग्रेस विजयी भएको छ भने ५ नम्बर वडा अध्यक्षमा एमाले र सदस्यमा नेपाली कांग्रेसका उम्मेदबार विजयी भएका छन् । त्यसैगरी, ३ नम्बर वडामा सङ्घीय समाजवादी फोरम विजयी भएको छ ।

बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदबार विजयी भएका छन् ।  सोमबार राति अबेर घोषणा भएको निर्वाचन परिणामअनुसार नगरको प्रमुखमा कांग्रेसका क्षेत्र नं १ का सभापति समेत रहेका युवा नेता हीरा केसी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

नगरपालिकामा विजयी केसीले १० हजार १७६ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार टीकाराम चापागाईंले १० हजार ६२ मत मात्र प्राप्त गरे । नगरका तीनवटा वडामा प्यानलसहित प्रमुख पद पनि कांग्रेसले जितेको छ ।

नगरपालिकाको उपप्रमुख पदमा भने एमालेकी विद्यालक्ष्मी गुरुङ विजयी भएकी छन् । उनले १० हजार २११ प्राप्त गरिन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी टीका न्यौपानेले सात हजार ६६ मत प्राप्त गरिन् । देवदहका नौवटा वडामा भने एमालेले जित हात पारिसकेको छ । रासस

प्रकाशित मिति : २० असार २०७४, मंगलबार ००:००