१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुरमा कांग्रेस र एमाले चार चार तहमा विजयी



भोजपुर । जिल्लाको कुल नौवटा स्थानीय तह मध्ये नेपाली कांग्रेस र नेकपा एमालेले चार चार वटा स्थानीय तह तथा माओवादी केन्द्र एउटा तहमा विजयी भएको छ । कांग्रेस दुई नगरपालिका र दुई गाउँपालिकामा, एमाले चारवटा गाउँपालिका तथा माओवादी केन्द्र एउटा गाउँपालिकामा विजयी भएको छ ।

कांग्रेस षडानन्द र भोजपुर नगरपालिका तथा अरुण र साल्पासिलिछो गाउँपालिकामा विजयी भयो भने एमाले ट्याम्केमयुङ, हतुवागढी, पौवाजुम्बा र रामप्रसाद राई गाउँपालिकामा विजयी भएको छ । माओवादी केन्द्र आमचोक गाउँपालिकामा विजयी भएको छ ।

षडानन्दको प्रमुखमा कांग्रेस विजयी

षडानन्द नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ भने उपप्रमुखमा एमाले विजयी भएको छ । नगर प्रमुखमा वीरबल राई चार हजार ९८६ मत ल्याई विजयी भए भने उनका निकठतम प्रतिद्वन्द्वी नेकपा एमाले का सुरेन्द्र उदासले चार हजार ६९४ मत प्राप्त गरे ।

उपप्रमुखमा एमालेकी मेरिका राई चार हजार ६९७ मत ल्याई विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सीता श्रेष्ठले चार हजार ४१३ मत प्राप्त गरिन् । रासस

प्रकाशित मिति : १९ असार २०७४, सोमबार ००:००