७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुद्धोदन गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी



कपिलवस्तु । जिल्लाको शुद्धोदन गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार निसार अहमद विजयी भएका छन् । अहमद एक हजार ८३७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कमलेशशरण चौधरीले एक हजार ७६३ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका सुधा पाण्डेले दुई हजार ६३५ मत प्राप्त गरी विजयी भइन् भने उनको निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका विमला चौधरीले एक हजार ७६४ मत प्राप्त गरिन् ।

अध्यक्ष पदमा विजयी भएका अहमद तत्कालीन बाँसखोर गाविसमा दुई पटकसम्म अध्यक्ष पदमा बसी जिम्मेवारी सम्हालिसकेका छन् । रासस

प्रकाशित मिति : १९ असार २०७४, सोमबार ००:००