१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुनर्वास नगरपालिकाको मतगणना अझै सञ्चालन हुन सकेन



भीमदत्तनगर । राजनीतिक विवादका कारण कञ्चनपुरको पुनर्वास नगरपालिकाको मतगणना दुई दिनदेखि स्थगित भएको छ ।

नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले वडा नं १ मा फर्जी मत परेको दाबी गर्दै विरोध जनाएपछि शनिबार दिउँसो ३ बजेदेखि स्थगित भएको मतगणना अझैसम्म सञ्चालन हुन सकेको छैन् ।

मतगणना सुचारु गर्नका लागि आइतबार साँझ सर्वदलीय बैठक डाकिएको भएपनि राजनीतिक सहमति हुन नसकेकाले मतगणना हुन नसेको पुनर्वास नगरपालिकाका निर्वाचन अधिकृत रमेश गौतमले जानकारी दिए । “पहिलो वडा नं १ को मात्रै पुनःगणना गर्ने माग थियो,” उनले भने, “विरोधमा रहेका दलले गणना भएका सबै वडाको पुनःगणना गर्न माग राखेपछि सर्वदलीय बैठकमा सहमति जुट्न सकेन ।”

बैठकमा कांग्रेस र माओवादी केन्द्रले गणना भएका वडा १ देखि ६ सम्मको पुनः गणना हुनुपर्ने माग राखेका थिए । ‘यस सम्बन्धमा आवश्यक निर्देशनका लागि आयोगमा पत्राचार गरेका छौं,’ निर्वाचन अधिकृत गौतमले भने, ‘निर्वाचन आयोगको निर्देशन अनुसार अघि बढ्छौं ।’

उनले आयोगको निर्देशनपछि मतगणना अघि बढाउने जानकारी पनि दिए । पुनर्वास नगरपालिकामा कुल २१ हजार २७९ मत खसेको निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।

मतगणना सम्पन्न भएका ६ वडामध्ये चारको वडाध्यक्षमा नेकपा एमाले र दुईको वडाध्यक्ष माओवादी केन्द्र विजयी भएका छन् । वडा नं १ मा फर्जी मत परेको विषयलाई लिएर दलका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिन शनिवार प्रहरीलाई हवाइ फायर समेत गर्नुपरेको थियो । रासस

प्रकाशित मिति : १९ असार २०७४, सोमबार ००:००