६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङको दुइवटा नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले



विराटनगर । मोरङको दुईवटा नगरपालिकामा प्रमुख पदमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

जिल्लाको उत्तरी भेगका लेटाङ–भोगटेनी नगरपालिकाको प्रमुखमा कांग्रेसका शङ्कर राईले छ हजार ६५६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भूपेन्द्र लावतीले छ हजार ३५१ मत प्राप्त गरे ।

उपप्रमुखको पदमा एमालेकी कृष्णकुमारी निरौलाले छ हजार ८०९ मत प्राप्त गरी विजयी भइन् । वडा नं ४, ६, ७ र ८ मा कांग्रेस, वडा नं १, २, ५ र ९ मा एमालेले वडाअध्यक्षसहित जित हात पारेका छन् भने वडा नं ३ मा एक जना खुल्ला सदस्यबाहेक अन्य सबै पदमा कांग्रेसले जित हात पारेको छ ।

यसैगरी रतुवामाई नगरपालिकाको प्रमुखमा कांग्रेसका रवीन राईले नौ हजार ८९५ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका टेकेन्द्र पोमुले आठ हजार १५० मत प्राप्त गरे ।

उपप्रमुखको पदमा एमालेकी दयामन्त चुडालले आठ हजार ३७२ मत प्राप्त गरेर विजयी भइन् भने । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी फूलवती गोडीले आठ हजार ३१३ मत प्राप्त गरिन् ।

मोरङको आठ नगरपालिकामध्ये दुईवटा र आठ गाउँपालिकामध्ये एउटाको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । अन्य स्थानीय तहमा मतगणना भइरहेको छ । रासस

प्रकाशित मिति : १९ असार २०७४, सोमबार ००:००