१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुद्धोधन गाउँपालिकामा एमाले विजयी



भैरहवा । रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जित हासिल गरेको छ ।

अध्यक्षमा किशुनचन्द्र चौधरीले पाँच हजार ३७१ मत र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भगवतीप्रसाद थारुले पाँच हजार १६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपाध्यक्षमा एमालेकी शान्ता चौधरी पाँच हजार ३९० मत प्राप्त गरेकी विजय भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रामेश्वरी सिंहले चार हजार ९५० मत प्राप्त गरेकी छन् । रासस

प्रकाशित मिति : १८ असार २०७४, आइतबार ००:००