५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापामा मतगणना सुस्त



भद्रपुर । झापा जिल्लामा स्थानीय तहको दोस्रो चरणको सम्पन्न निर्वाचनको मतगणना सुस्त एवं धिमा गतिमा भइरहेको छ ।

सात गाउँपालिका र आठ नगरपालिका रहेको झापामा सबै निर्वाचन अधिकृतले सार्वजनिक भएको मतपरिणाम जिल्ला निर्वाचन कार्यालयको सफ्टवेयर राखेर अद्यावधिक नगरेकाले पनि मतपरिणामका बारे अन्योल उत्पन्न भइरहेको प्रमुख जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताए ।

मतगणनालाई तीव्रता दिन प्रजिअ उत्तरकुमार खत्रीको अध्यक्षतामा आइतबार बसेको कार्यालय प्रमुखहरुको बैठकमा सबै कार्यालयबाट कम्तीमा चार कर्मचारी उपलब्ध गराउन आग्रह गरे ।

जिल्ला प्रशासन कार्यालय झापाका प्रशाकीय अधिकृत चूडाराज भट्टराईले निर्वाचन अधिकृतहरुले आ–आफ्ना केन्द्रमा निर्वाचनपूर्व र पछि गर्नुपर्ने काम उचित ढङ्गले नगरेका कारण मतगणनामा समस्या आएको टिप्पणी गरे । रासस

प्रकाशित मिति : १८ असार २०७४, आइतबार ००:००