पाल्पा । पाल्पाको तानसेन नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले विजय हासिल गरेको छ । प्रमुखमा नेकपा एमालेका अशोककुमार शाहीले १० हजार ४५० र उपाध्यक्षमा एमालेकै लक्ष्मी पाठक नौ हजार ७५३ मत ल्याई विजयी भएका छन् ।
प्रमुखका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजयमान कर्माचार्य आठ हजार ०६७ र उपप्रमुखमा नेपाली कांग्रेसकै लालु रानाले आठ हजार ३८९ मत प्राप्त गरेका छन् ।
बगनासकालीमा अध्यक्ष कांग्रेस विजय
बगनासकाली गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका कृष्ण बस्याल विजय भएका छन् । बस्यालले पाँच हजार ५९४ र उपाध्यक्षमा नेकपा एमालेका सरस्वती चिदीले पाँच हजार ५०५ मत प्राप्त गरी विजय भएकी छन् । बस्यालका निकटम नेकपा एमालेका देवी बस्यालले पाँच हजार ३४६ मत र उपाध्यक्षमा नेकपा माओवादीका कृष्ण भुषालले चार हजार ०५६ मत प्राप्त गरेका छन् ।
रैनादेवीमा कांग्रेस विजय
रैनादेवी छहरा गाउँपालिकामा नेपाली कांग्रेस विजय भएको छ । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर कार्की र उपाध्यक्षमा कांग्रेसकै चेतना गाहा विजय भएको निर्वाचन अधिकृत यादवराज शर्माले जानकारी दिए । नेपाली कांग्रेसका कार्की पाँच हजार १४६ र चार हजार ९४३ मत प्राप्त गरी विजयी भएका छन् ।
रिब्दीकोटमा एमाले विजय
रिब्दीकोट गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेका नारायण जिसी र उपाध्यक्षमा एमालेकै लक्ष्मी खनाल विजय भएका छन् । जिसीले तीन हजार ८३ र खनालले तीन हजार ८८१ मत प्राप्त गरी विजय हासिल गर्न सफल भएका हुन् । अध्यक्षका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका लीलाबहादुर कार्कीले दुई हजार ८४८ मत र नेपाली कांग्रेसका कमला छहरीको दुई हजार ८९९ मत प्राप्त गरिन् ।
माथागढी गाउँपालिकामा कांग्रेस विजय
माथागढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सन्तोषकुमार थापा विजयी र उपाध्यक्षमा निर्मला भट्टराई विजयी भएकी छन् । अध्यक्ष थापाले ६ हजार ९६ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका बिमल काफ्लेले चार हजार २१ मत ल्याएका छन् । उपाध्यक्ष भट्टराईले पाँच हजार ६२४ मत ल्याएर विजयी बनेकी छन् भने उनकी प्रतिस्पर्धी एमालेकी माया चिदीले चार हजार १०१ मत पाएकी छन् ।
तिनाहुँ गाउँपालिकामा एमाले विजय
तिनाहुँ गाउँपालिकाको अध्यक्षमा एमालेका यमबहादुर घर्ती दुई हजार ८१९ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र पाण्डेयले दुई हजार ७०७ मत प्राप्त गरे । गाउँपालिकाको उपाध्यक्षमा एमालेका दमन्ती थापा विजयी भइन् । उनले दुई हजार ८७५ मत ल्याएकी छन् भने उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी मन कार्कीले दुई हजार ६८६ मत पाएकी छन् ।
पूर्वखोला गाउँपालिकामा एमाले विजय
पूर्वखोला गाउँपालिकाको अध्यक्षमा एमालेका नुनबहादुर थापाले आठ हजार ८३६ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका झमनराज मगरले एक हजार ३२ मत ल्याएका छन् । गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका भागिरथी भट्टराईले पाँच हजार ४०० मत ल्याई विजयी हासिल गरे भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पुष्पा गाहाले एक हजार १४३ मत पाएका छन् ।
निस्दी गाउँपालिकामा एमाले विजय
निस्दी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मुक्तबहादुर सारु विजयी भएका छन् । उनले पाँच हजार ३२० मत ल्याई विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शालिकराम पाण्डेयले दुई हजार २५३ मत ल्याएका छन् । यस्तै, गाउँपालिकाको उपाध्यक्षमा एमालेकै रीता अर्याल निर्वाचित भएकी छन् । अर्यालले पाँच हजार २५६ मत पाइन् भने उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बलु गैरेले दुई हजार १८५ मत पाउका छन् । रासस
प्रतिक्रिया