१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन गाउँपालिकामा माओवादी केन्द्र विजयी



रोल्पा । यहाँका तीन स्थानीय तहमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । दुईखोली गाउँपालिकामा माओवादी केन्द्रका निमकान्त डाँगी विजयी भएका छन् । डाँगीले चार हजार छ सय आठ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झक्कु घर्तीले एक हजार नौ सय ८९ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै हितकुमारी बुढा विजयी भएकी छन् । बूढाले चार हजार छ सय आठ र उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी लक्ष्मी डाँगीले एक हजार आठ सय ९९ मत प्राप्त गरिन् । सो गाउँपालिकामा रहेका सात वटै वडामा माओवादी केन्द्रको पूरै समूह विजयी भएको छ ।

थवाङ गाउँपालिकामा माओवादी केन्द्रका वीरबहादुर घर्ती एक हजार नौ सय ९० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अमित घर्तीले एक हजार ५० मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकी रामकिरणी रोका एक हजार नौ सय ६९ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी श्रीकुमारी रोकाले नौ सय ९५ मत प्राप्त गरेकी छन् । पाँच वटा वडा रहेको थवाङ गाउँपालिकामा चार वडामा माओवादी केन्द्र र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

सुनछहरी गाउँपालिकामा माओवादी केन्द्रका आशबहादुर बुढा आठ सय २८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ध्रुवबहादुर घर्तीले छ सय ३६ मत प्राप्त गरेका छन् ।

सो गाउँपालिकाका उपाध्यक्षमा माओवादी केन्द्रकी पवित्रा घर्ती मगर आठ सय ७४ मत प्राप्त गरी विजयी भइन् भने उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भिमली बुढाथोकीले छ सय ३५ मत प्राप्त गरेकी छन् । सो गाउँपालिकामा माओवादी केन्द्रले तीन वटा वडा, एमालेले दुई वटा वडा र कांग्रेसले एक वडामा विजय हासिल गरेका छन् ।

एक नगरपालिका र नौ गाउँपालिका रहेको रोल्पामा तीन गाउँपालिकाको मत परिणाम सार्वजनिक गरिएको छ । जिल्लामा बाँकी रहेका सबै स्थानीय तहको मतगणना जारी छ । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार ००:००