बाजुरा । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको परिणाम छ तहमा आइसकेको छ । एक नगरपालिका र पाँच गाउँपालिकाको मत परिणाम सार्वजनिक भइसकेका छन् । एक नगरपालिका र दुई गाउँपालिकामा नेपाली कांग्रेसले तथा तीन गाउँपालिकामा नेकपा एमालेले जितेको छ ।
मत परिणामानुसार उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिकामा एमालेको समूह विजयी भएको छ । स्वामीकार्तिक गाउँपालिकामा एमालेका चिरञ्जीवी शाही दुई हजार चार सय ५९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भरतबहादुर रोकायाले एक हजार सात सय ५९ मत ल्याएका छन् ।
यसैगरी गाउँपालिका उपाध्यक्षमा एमालेकी मीमा बुढा विजयी भएकी छन् । उनले दुई दुई हजार तीन सय ६० र उनका निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसकी मैना जोशीले एक हजार छ सय ९९ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया